• Breaking News

    स्पन्दन किताब

    Monday, 27 March 2017

    सेतो दूबी अाउनुकाे कारण यस्ताे

    दूबी सरूवा रोग हो र यसलाई पनि एक किसिमको कुष्ठरोग ठानिन्छ । कटाणुले हुने रोगमध्ये छाती तथा पिठ्यूँमा हूने हल्का सेतो चक्कालाई दाद, दूबी भनिन्छ । यो सरूवा रोग हो । हेर्दा दाद, दुबी र सेतो दूबी उस्तै–उस्तै देखिन्छन् । तर, दुवै रोग फरक हुन् ।
    विश्वको जनसंख्याको १ देखि ३ प्रतिशतमा सेतो दूबीको समस्या भएको तथ्यांक छ । अमेरिका तथा युरोपमा भनदा एशिया तथा अफ्रिकामा दूबीसँग सम्बन्धित सामाजिक तथा मानसिक समस्या बढी पाइन्छ । यसो हुनुमा छालाको रगंमा भर पर्दछ । सेतो या गोरो छालामा सेतो दाग त्यति देखिदैँन, तर कालो वा खैरो छालामा सेतो दाग बढी देखिन्छ ।
    सामान्य छालाको कुनै भागबाट कारणवश रंग बनाउने कोषिका स्थायी रूपमा नष्ट भएर जानु तथा प्राकृतिक रूपले वा सामान्य औषधिले रंग पलाएर नआउनुलाई नै सेतो दुबी भनिन्छ ।
    छालाको रंग स्थायी रूपले गई फेरि रंग नपलाउनुको कारण बाहिरी वा भित्री हुनसक्छ । चोटपटक, पोलेर वा विशेष रसायन हाइड्र«ो–क्वीनोनको सम्पर्क हुनु बाहिरी कारण हुनसक्छ । सामान्य या निरोगी व्यक्तिमा पनि चोटपटक वा रसायनले छालाको रंगलाई असर पारिराखेको हुन्छ । तर खर्च भएको रंग फेरि पलाएर आउछ । दुबी हुने व्यक्तिमा नष्ट भएको रंग फेरि पलाउँदैंन ।
    दुबी हुने भित्री कारणका सम्बन्धमा विज्ञमाझ विभिन्न धारणा व्याप्त छन्, जुन पूर्ण प्रमाणित भइसकेका छैनन् । त्यस्ता धारणामा शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुनु, वंशानुगत कारण, नसाबाट निस्कने विषानुगत रसायन पर्छन् ।
    त्यसकारण दुबी कुनै प्रकारको कीटाणुद्वारा संक्रमण हुने अथवा सर्ने रोग होइन । कुष्ठरोगसँग यसको कुनै सम्बन्ध छैन र यो कुनै किसिमको अभिशाप पनि होइन । खाने र लगाउने औषधिद्वारा यसको उपचार ८० प्रतिशत सम्भव छ । सेतो दूबी शरीरको जुनसुकै भागमा पनि देखिन सक्छ । कसैकसैलाई लिंगमा समेत देखिएको हुन्छ । उपचार गरे निको हुनसक्छ ।
    दुबीको प्रकार
    १. सामान्य दुबी
    २. मिश्रित दुबी
    ३. सीमित दुबी
    क. एक भागमा मात्र हुने
    ख. ओठ तथा औलामा हुने
    ४. सम्पूर्ण भागमा हुने दुबी
    अनेक प्रकारका दुबीमध्ये ८० प्रतिशतको उपचार खाने तथा लगाउने औषधिद्वारा सम्भव छ । बाँकी २० प्रतिशत दुबी (खासगरी सीमित भागमा हुने, जस्तै सेगमेन्टल वा लिपटिप टाइप, ओठमा हुने दुबी ) को उपचार चर्म–शल्यक्रियाद्वारा मात्र सम्भव छ । यस्तो शल्यक्रिया चर्मरोग विशेषज्ञद्वारा नेपालमा नै गरिन्छ । तसर्थ यसका लागि विदेश गइराख्नु पर्दैन । यस्तो विशेष शल्यक्रियाद्वारा औषधिले निको नभएको दुबीमध्ये ९५ प्रतिशतमा सफलता प्राप्त गर्न सकिन्छ । औषधि वा अपरेसनले दुबीको कारण हटाउन सम्भव हँुदैन । तर सेतो दुबीमा सामान्य रंग मात्र ल्याउन सकिन्छ । -स्वास्थ्य खबरपत्रिका

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel