अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थामा खान स्वस्थकर मानिन्छ । साथै, अम्बाको पात र यसको बोक्रा आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग हुन्छ । अधकल्चो पाकेको अम्बाले पेटसम्बन्धी रोगमा फाइदा गर्छ । पाकेको अम्बाले तागत बढाउन मद्दत गर्छ । त्यसैगरी, पेट सफा गर्न, दाँतलाई दह्रो बनाउन र भोक जगाउन अम्बा सेवन गरिन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने हुँदा रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।
अम्बाको पातका औषधीय गुण :
१. झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।ईअलनेपालडटकम
२. मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक मानिन्छ ।
३. यसले रगतमा चिनीको मात्रा कम गराउँछ । ईअलनेपालडटकम
४. अम्बाको पातले कार्बोहाइड्रेडमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत पुग्छ ।ईअलनेपालडटकम
५. डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ ।
६. अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ ।
७. अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ ।

No comments:
Post a Comment